जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
7th December 2017
जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत अगाडि, कांग्रेसका राजीवविक्रम पछाडि
7th December 2017
Show all

काठमाडौं महानगर प्रमुख शाक्यमाथि दुर्व्यवहार

फाइल तस्बिर
काठमाडौं, २१ मंसिर । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुर्व्यवहार भएको जनाइएको छ ।आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुर्व्यवहार गरेको प्रमुख शाक्यले जानकारी दिए । ‘महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुर्व्यवहार भयो,’ उनले भने ।
प्रहरीले प्रमुख शाक्यमाथि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवास नजिकै रहेको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *