फेवातालको जलकुम्भी फाल्न करोडौंको मेसिन
31st January 2018
७० प्रतिशत अफगानी भू-भागमा तालीवानः बीबीसी प्रतिवेदन
31st January 2018
Show all

काबुलमा हमला गर्न तालिवान र आइएसको प्रतिस्पर्धा, स्थानीय नागरिक आतंकित

एजेन्सी, १७ माघ । सोमबार काबुलको सैन्य शिविरलाई लक्षित गर्दै विद्रोहीहरुले गरेको हमलामा ११ जना मारिएका छन् । वर्षौंदेखि युद्धले उजाडिएको यो देशलाई यो लगायतका अन्य हमलाहरुले यसहप्ताभरी हिंसाको चपेटामा पारेको छ ।
पछिल्लो ९ दिनदेखि भएको यस्ता हमलाहरुमा परेर त्यहाँ १३० भन्दा धेरै मानिसहरु मारिएका छन् । २२ जनाको ज्यान जानेगरी काबुलको एउटा होटल हमलाबाट सुरु भएको यस्तो श्रृंखलाले यस हप्ताभरीको विश्वघटनाहरुमा महत्वपूर्ण स्थान पाएको छ ।
ति हमलाहरुमध्ये तालिबानले दुईवटा आफुले गरेको दावी गरेको छ भने सोमबारसहितका अन्य बाँकी हमलाहरुलाई आइएसले दावी गरेको छ । यससँगै त्यस क्षेत्रमा दुईवटा आतंकवादी संगठनहरुको हमला प्रतिस्पर्धाको सम्भावना बढिरहेको देख्न सकिन्छ ।
हाल राजधानी काबुलको केन्द्रमा रहेको सैन्य शिविरको कमजोर अवस्थाले आफगान सरकारको सुरक्षा क्षमतामाथि प्रश्न उठिरहेको छ ।
यो सबैका पछाडि काबुलको सुरक्षामा कमजोरी रहेको देख्छन् सिएनएनका निक पाटोन वाल्स ।
बिहानै भएको सोमबारको हमलामा एकजना आत्मघाती बम हमलाकारीले पश्चिम काबुलस्थित मार्सल फाहिम सैनिक एकाडेमी नजिक रहेको सैन्य शिविरको प्रवेश क्षेत्रमा विस्फोट गराएको रक्षा मन्त्रालयका प्रवक्ता दौलत वजिरीले बताए । उक्त हमलाको पाँच घन्टापछि पुन अर्को आत्मघाती हमला भएको थियो । उक्त हमलामा ११ जना अफगान सेना मारिनुका साथै १६ जना घाइते भएका थिए ।
उक्त हमलाको जिम्मेवारी आइएस संगठनले लिएपनि त्यहाँको अमाग समाचार संस्थाले भने दावीका लागि उसले प्रयाप्त प्रमाणहरु नदिएको बताएको छ ।
यस हमलाको दुई दिन अघि शनिवार बिस्फोटक सामाग्रीसहितको एउटा एम्बुलेन्सलाई बिस्फोट गरिएको थियो जसमा सयजना भन्दा धेरैले ज्यान गुमाएका थिए । उक्त हमलाको जिम्मा तालिवानले लिएको थियो ।
ति हमलाभन्दा अझ विनाशकारी हमला त्यसको ठीक हप्तादिन अघि काबुलको एउटा होटलमा भएको थियो । तालिवानले दावी गरेको उक्त हमलामा कम्तिमा १८ जनाले ज्यान गुमाए जसमा १२ जना विदेशीहरु रहेका थिए ।
केहि आफगानी निकायहरुले भने उक्त हमलाको पछाडि पाकिस्तानस्थित हक्कानी सञ्जालको हात रहेको आरोप लगाएको छ । उक्त हक्कानी तालिवानीहरुसँग सम्बद्ध संगठन हो ।
होटल हमलाको काण्ड सकिएको केहि दिनमा नै बुधवार आइएसका लडाँकुहरुले वेलायती सहयोग निकाय सेभ द चिल्ड्रेनको कार्यलय परिसरमा हमला गरेका थिए । उक्त हमलामा कम्तिमा ४ जनाको मृत्यु भएको थियो । १० घण्टाको उक्त संघर्षमा सम्पूर्ण पाँचैजना हमलाकारीहरु पनि मारिएका थिए ।
एकजना अफगानी श्रमिकले सिएनएनसँग कुरा गर्दै भने, ‘मलाई मेरो परिवार र बच्चाहरुको एकदमै पिर छ । म काबुलमा राम्रो सुरक्षा चाहन्छु । म विहान घरबाट निस्कन्छु तर मलाई आफ्नो जीवन रहनेबारे कुनै टुङ्गो हुँदैन ।’
विगत् २००१ देखि अमेरिकी सेना उक्त क्षेत्रमा कार्वाहीका लागि तैनाथ रहेपनि हालैका वर्षहरुमा तालिवानीहरु अझ मजबूत भएका छन् ।२०१७ को अक्टोबरसम्म उक्त क्षेत्रको १४ प्रतिशत हिस्सा तालिवान लगायत अन्य विद्रोहीहरुले कब्जा गरेका थिए । तर बुधवार बीबीसी सार्वजनिक गरेको उसको महिनौंको अनुसन्धानले तालिवानी विद्रोहीहरुले करिब ७० प्रतिशत अफगानी भुभागहरु कब्जा गरिसकेको जनाएको छ ।
ति लगातारको हमलासँगै अफगानी सरकार कमजोर बन्दै गइरहेको देखिन्छ भने वितेका केहि वर्षयता उसले युद्ध र हमलाहरुमा ७ हजारभन्दा धेरै आफ्ना सैनिकहरु गुमाइसकेको अवस्था छ ।
शनिवार भएको एम्बुलेन्सको हमलाका लागि जारी गरिएको शोक विदा त्यहाँ अर्को नयाँ हमलाको दिनमा परिणत भयो ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *