स्टालिनका समर्थक र विरोधीबीच अन्तरवार्ता दिँदादिँदै कुटाकुट (भिडियोसहित)
31st January 2018
१ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)
31st January 2018
Show all

जग्गा अतिक्रमण गरेर निर्माण गरेका टहरा हटाउन निर्देशन

खोटाङ, माघ १७ – खोटाङको हलेसी आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको टहरा हप्ता दिनभित्र हटाउन निर्देशन दिइएको छ । 
हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा रहेको सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरेर बनाइएका टहरालगायतका संरचना हटाउनका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार हप्ता दिनभित्र टहरा हटाउन निर्देशन दिएको हो । हप्ता दिनभित्र टहरा नहटाइए बल प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।
गएको मंसिर यता चार पटक सूचना जारी गरेर सार्वजनिक जग्गाको टहरा हटाउन भनेपछि अटेर गरिरहेको नगरपालिकाले जनाएको छ ।

 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *