भलिबलमा मकाउ विरुद्ध नेपालको शानदार जित
31st January 2018
ओजिल आर्सनलको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी
31st January 2018
Show all

डर्टमण्ड स्ट्राइकर उवामेयाङ आर्सनलमा अनुबन्धित

काठमाडौं माघ १७ –  गावोनका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङ इंग्लिस क्लव आर्सनलमा अनुबन्धित भएका छन् ।

जनवरी ट्रान्सफर सेसनको अन्तिम दिन आज आर्सनलले क्लव रेकर्ड ५६ मिलियन पाउण्डमा उवामेयाङलाई बोरुशिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।

२८ वर्षे स्ट्राइकरका लागि आर्सनलले यसअघि २ पटकसम्म प्रयास गर्दा डर्टमण्ड मानेको थिएन । तर, मिची बात्सुयीलाई चेल्सीबाट लोनमा अनुबन्ध गरेपछि उवामेयाङलाई बेच्न राजी भएको हो ।

आर्सनलले भनेको छ कि उसले उवामेयाङसँग लामो अवधिको सम्झौता गरेको छ ।

आर्सनलजस्तो महान क्लवमा आवद्ध हुन पाउँदा म निक्कै खुसी छु ।’ सन् २०१५ का अफ्रिकन प्लेयर अफ द इयर उवामेयाङले भनेका छन् ।

यस क्लवको ठूलो इतिहास छ र यहाँबाट थियरी हेनरीजस्ता महान स्ट्राइकरले खेलिसकेका छन् । उनी हामी सबै स्ट्राइकरहरुको प्रेरणा हुन् । म पनि यस क्लवबाट उनै हेनरीजस्तै गरी खेल्न सकुँ ।’

एवामेयाङले सन् २०१३ मा डर्टमण्ड आएयता २१३ खेलमा १४१ गोल गरेका छन् । जारी सिजन २४ खेलमा उनले २१ गोल गरिसकेका छन् । गाबोनको राष्ट्रिय टोलीबाट ५६ खेलमा उनले २३ गोल गरेका छन् ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *