राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झामाथि दुर्व्यवहार, गाडीमा तोडफोड
7th December 2017
After Nepal Elections 2017, can Bibeksheel Sajha become Nepal’s fourth force?
7th December 2017
Show all

‘दुईवटा मतदान केन्द्रमा मात्र पुन:निर्वाचन’

एक दशकभन्दा धेरै समयदेखिको राजनीतिक संक्रमण अन्त्य गर्ने ठानिएको नयाँ संविधान बमोजिमका संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दोस्रो तथा अन्तिम चरण बिहीबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार मतदान भएका १५ हजार भन्दा बढी मतदान केन्द्रमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ स्थित दुईवटा मतदान केन्द्रमा मात्र मतदान स्थगित भएको आयोगले बताएको छ। त्यहाँ मुख्य निर्वाचन अधिकृतले चाँडै नै पुन:निर्वाचन गराउने प्रमुख निर्वाचन आयुक्तले बताए।उनले भने, “त्यहाँको नेटा मतदान स्थलका ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ।””मतदान केन्द्र ‘ख’ का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो।”सहभागिताप्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यका लागि ४५ जिल्लामा बिहीबार भएको दोस्रो चरणको मतदानमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण निर्वाचन आयोगले दिएको छ।

पहिलो चरणमा ६५ प्रतिशतको सहभागिता रहेको थियो। “सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ। मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने सम्भावना छ,” यादवले बताए।देशका खासगरी मध्य र दक्षिणी भूभागमा बिहीबार भएको दोस्रो चरणको मतदानसँगै माघभित्र गरिनुपर्ने सबै चुनावको अभिभारा सिध्याएको निर्वाचन आयोगले जनाएको छ।

मंसिर १० गते र आज गरी दुई चरणमा करिब डेढ करोड मतदाताले संघीय प्रतिनिधिसभाका लागि २७५ सदस्य तथा सात वटा प्रदेशका छुट्टाछुट्टै प्रदेश सभाका निम्ति ५५० सदस्य चुन्दैछन्। मतगणना शुरुदोस्रो चरणमा मतदान भएका क्षेत्रहरुमा खासगरी डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, झापामा नेकपा एमालेका अध्यक्ष केपी ओली अनि चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। उनीहरु सहित करिब ११ हजार उम्मेदवारको भाग्यको फैसला आगामी ८ दिनभित्र भइसक्ने आयोगले आशा राखेको छ।दोस्रो चरणको निर्वाचन लगत्तै खासगरी पहिलो चरणमा मतदान भएका कतिपय स्थानमा मतगणना कार्य शुरु भइसकेको छ। दोस्रो चरणमा मतदान भएका स्थलहरुबाट जिल्ला सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि आवश्यक तयारी पूरा गरी बिहीबार राति वा शुक्रबार बिहानबाट मतगणना शुरु हुने बताइएको छ।

Source: BBC ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *