कक्षा ८ को अक्षराङ्कन पद्धतिबारे पाठ्क्रम परिमार्जन हुने
31st January 2018
स्टालिनका समर्थक र विरोधीबीच अन्तरवार्ता दिँदादिँदै कुटाकुट (भिडियोसहित)
31st January 2018
Show all

दोस्रो अभ्यास खेलमा नेपाल १ सय ९३ रनले रनले विजयी

काठमाडौं, माघ १७ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले युएई ‘ए’ टिमलाई १ सय ९३ रनले हरायो ।
युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृष्ट व्याटिङ गर्दै १ सय ५४ रनको पारी खेले । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटका लागि १ सय ४२ रनको साझेदारी खेले । दिपिल ६४ रनमा आउट हुँदा अनिलकुमार शाहले १४ रन जोडका थिए ।
दिपेन्द्रसिंह ऐरी ३४ रन बनाउँदा आशिफ शेखले ४१ रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रेको युएई ‘ए’ टिम ४० ओभर २ बलमा १ सय ४० रनमा अलआउट भयो । नेपालका लागि सन्दिप लामीछानेले पाँच विकेट लिए ।
युएई ‘ए’ लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउनु बाहेक अन्यले राम्रो रन बनाउन सकेनन् । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *