US Winter Olympics trip an 'open question'
7th December 2017
८४ प्रतिशत मत खसेको सुस्ताबाट डुंगामा तारियो मतपेटिका
7th December 2017
Show all

दोस्रो चरणमा ६७ प्रतिशत मत खस्यो

काठमाडौं, मंसिर २१ – बिहीबार भएको दोस्रो चरणको मतदानमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदानको समय सकिएपछि केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर ६७ प्रतिशत मत खसको प्रारम्भिक जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार खसेको मतको संख्या बढ्न सक्ने बताउनुभएको छ । आयोगले सबैभन्दा बढी मत गुल्मीमा ७८ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगले शन्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । चिसोको प्रर्वाह नगरी मतदानमा भाग लिएको भन्दै आयोगले मतदातालाई धन्यवाद दिएको छ । भोलि बिहानसम्म सबै क्षेत्रमा गणना सुरु हुने प्रमुख आयुक्त यादवले बताउनुभयो ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *