रुकुम पूर्वमा वाम गठबन्धन नेपाली कांग्रेसभन्दा दोब्बर मतले अगाडि
7th December 2017
रसुवामा कांग्रेस अगाडि
7th December 2017
Show all

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान भयो

नवलपरासी, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए । आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए ।
यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पनि ७० प्रतिशत मतदान भएको छ ।
अहिले सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थल सदरमुकाम कावासोतीस्थित शिव माविमा ल्याउने क्रम जारी भएको नवलपरासी पूर्व क्षेत्रका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । आज रातभर मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले भोलि बिहानदेखि मतगणना शुरु गर्ने योजना छ ।
रासस  ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *