तीन नम्बर प्रदेशमा बैठकको तयारी पुरा, यस्ता छन् बैठकका एजेण्डा
31st January 2018
भलिबलमा मकाउ विरुद्ध नेपालको शानदार जित
31st January 2018
Show all

पाकिस्तानमा शक्तिशाली भूकम्प, एक बालकको मृत्यु नाै घाइते

इस्लामाबाद, १७ माघ । पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।
यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी एक बालकको मृत्यु हुनुका साथै अन्य नौ घाइते भएका हुन् । भूकम्प प्रभावित इलाकामा उद्धारकर्ताको समूह परिचालन गरिएको छ ।
लसबेला जिल्लाका अस्पतालहरुमा राज्य सङ्कटको समेत घोषणा गरिएको छ । राजधानी इस्लामाबादबाट दक्षिणपश्चिममा पर्ने बलोचिस्तान प्रान्तको विभिन्न भागलगायत खैबर पाख्तुनख्वा र पूर्वी पञ्जाव पनि यस भूकम्पबाट प्रभावित भएको बताइएको छ ।
स्थानीय समयानुसार बुधबार मध्याह्न १२ः७ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा १६९ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । पाकिस्तान बारम्बार भूकम्पको प्रकोपले सताउने देशको रुपमा पर्दछ ।
सन् २०१५ को अक्टोबरमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २८० व्यक्तिको मृत्यु हुनुका साथै अन्य १९ सय व्यक्ति घाइते भएका थिए ।
सन् २००५ को अक्टोबरमा नै ७.४ म्यानिच्युडको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *