After Nepal Elections 2017, can Bibeksheel Sajha become Nepal’s fourth force?
7th December 2017
भोजपुरमा प्रतिनिधिसभातर्फ कांग्रेस, प्रदेशसभामा शेरधन अगाडि
7th December 2017
Show all

प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने

फाइल फोटो
कालीकोट, २१ मंसिर । पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ ।उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र र नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ मतदान केन्द्रको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ४२ हजार ८४१ मतदाताले मतदान गरेका थिए ।
गोरखा– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अहिले साँझ ६ बजेदेखि शुरु गरिएको छ ।
क्षेत्र नं १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना शुरु गरिएको हो । क्षेत्र नं २ मा रहेका गोरखा नगरपालिकाको ८ देखि १३ नं वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतपत्र एकै ठाउँमा मिलाएर गणना अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।
यस्तै क्षेत्र नं १ का गोरखा नगरपालिका १ देखि ७ नं वडा, गण्डकी, शहीद लखन, भीमसेन, धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाका मतपत्र एकै ठाउँमा राखेर गणना गरिएको छ । यस्तै प्रदेशसभाको पनि प्रत्यक्षतर्फ मतगणना अघि बढाउने तयारी गरिएको छ । एक एक घण्टामा मत परिणाम सार्वजनिक गरिने बताइएको छ ।रासस ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *