सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए
31st January 2018
आठराईमा जनतासँग अदालत कार्यक्रम
31st January 2018
Show all

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं, माघ १७ – बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सहयोग गर्ने भएको छ । नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदालाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तव्यका रुपमा विकास र प्रवद्र्धन गर्न विश्व बैंकले सघाउने प्रतिवद्धता जनाएको हो ।

बुद्धिष्ट सर्किट्स पर्यटनमा सघाउनकै लागि विश्व बैंकले आफ्नो नयाँ दिल्लीको कार्यालयमा सरोकारवालालाई बोलाएर छलफल गरेको छ ।  नेपाल र भारतका बौद्ध सम्पदाहरु जोडी सीमापार बुद्धिष्ट सर्किट्स पर्यटनको प्रवद्र्धन गर्दै आएका बिक्रम पाण्डे (काजी) छलफलमा सहभागी हुनुहुन्थ्यो । बिक्रमले बुद्धिष्ट सर्किट्स पर्यटन मार्गमा उपलब्ध सुविधाका साथै अप्ठयाराबारे सहभागी सबैलाई जानकारी गराएको बताउनुभयो ।
विश्व बैंकलाई सरकार र बुद्धिष्ट सर्किट्समा आवद्ध व्यवसायीबीच एउटा सेतुको रुपमा काम गरी त्यहाँ रहेका अप्ठ्याराहरु सामाधान गरी भगवान बुद्धको जीवनसँग आवद्ध ऐतिहासिक धरोहरहरुमा पर्यटकहरुको आवागमन सहज बनाउन आवश्यक भूमिका खेलिदिन बिक्रमले आग्रह गर्नुभयो । 
बुद्धिष्ट सर्किट्स पर्यटन गतिविधि प्रति भारत सरकारको रवैया त्यति सन्तोषजनक नभएको भन्दै भारतीय पर्यटन व्यवसायीले भारत सरकारले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । 
भारतको बिहारको नालन्दा विश्वविद्यालयका प्राध्यापक डा.रबिन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रवद्धन र विकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताउनुभयो । 
बैठकका सहभागीहरुलाई आश्वस्त पार्दै विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामुलक पर्यटन विकासको बरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने बताउनुभयो । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *