बाबुराम र नारायणकाजीबिच हारजीतको गन्ती सुरु
7th December 2017
मुगुमा प्रतिनिधि सभाको सकेपछि मात्र प्रदेशसभाको मतगणना गर्ने
7th December 2017
Show all

मोरङका केही केन्द्रमा मतदान जारी, सकिएका मतपेटिका आउन थाले

सुमन तिमल्सिना/उज्यालो ।
विराटनगर, मंसिर २१– मोरङमा मतपेटिका आउने क्रम सुरु भएको छ । मोरङका बिभिन्न ६ वटा निर्वाचन क्षेत्रबाट मत पेटिका ल्याउन थालेको हो । नजिक रहेका मतपेटिका आउन थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर विराटनगरका केही मतदान केन्द्रमा भने अझै मतदान चलिरहेको जनाएको छ ।
महेनद्र मोरङ मतदान केन्द्र तथा कन्चनवारी मतदान केन्द्र सहित केही मतदान केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।
सबै क्षेत्रको मत पेटिका आउन रातीको २ बज्ने निर्वाचन अधिकृतका कार्यालयको भनाई छ। मोरङको याङ्शिला, पाटीगाउँ, रमितेखोला तथा भोगटेनीका मतदान केन्द्रबाट मत पेटिका आउन समय लाग्ने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङमा मतगणना भने भोली मात्रै सुरु हुने भएको छ । मतगणना बारे छलफल गर्न बिहान ७ बजे सर्बदलीय बैठक बोलाइएको छ ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *