India vs Argentina, Hockey World League Final 2017: Next episode of Jekyll & Hyde show
7th December 2017
‘दुईवटा मतदान केन्द्रमा मात्र पुन:निर्वाचन’
7th December 2017
Show all

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झामाथि दुर्व्यवहार, गाडीमा तोडफोड

रौतहट, मंसिर २१ – राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झामाथि रौतहटमा दुर्व्यवहार भएको छ । साथै झाको बा १० च ६८९ नम्बरको गाडीमा तोडफोड पनि भएको छ ।
रौतहटको क्षेत्र नम्बर एकका स्वतन्त्र उम्मेदवार जयराम यादवका समर्थकले माधवनारायण नगरपालिकाको सखुअवा मावि मतदान केन्द्रमा झालाई दुव्र्यवहार गरेका प्रहरीले जनाएको छ ।
यो केन्द्रमा मतदान सकिनै लाग्दा यादव पक्षले एकलौटी मत हालेको भन्दै झा पुगेपछि यादव र झाबिच विवाद भएको थियो । त्यहि क्रममा झाका अंगरक्षकले यादवलाई समातेर प्रहरीमा बुझाएपछि आक्रोसित भएका यादवका समर्थकले गाडीमा तोडाफोड गरेका हुन् । यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *