समृद्धिका लागि राजनीति कहाँ गर्ने कहाँ नगर्ने स्पष्ट हुनुपर्छ : पूर्वन्यायाधीश रायमाझी
31st January 2018
तीन नम्बर प्रदेशमा बैठकको तयारी पुरा, यस्ता छन् बैठकका एजेण्डा
31st January 2018
Show all

विवाह हेर्न गएका युवा मृत फेला

भावुक योगी/उज्यालो ।
बर्दिया, माघ १७ – तीन दिनअघि छिमेकी गाउँमा विवाह हेर्न गएका एक युवाको शव बर्दियाको ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँको खेतमा भेटिएको छ । 
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीका १७ वर्षीय बालकृष्ण आचार्य छिमेकी गाउँ पेरहनीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । युवाको निधारमा चोट लागेकाले धारीलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय गुलरियाबाट गएको प्रहरीको विशेष अनुसन्धान टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको एसपी जनक भट्टराईले जानकारी दिनुभयो । अनुसन्धानका लागि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
मृतक युवा साथीसँगै विवाहमा गएको भनिएपनि तीन दिनदेखि सम्पर्क विहीन भएपछि घर परिवारले खोजीका लागि मंगलवार बिहान प्रहरीलाई जानकारी गराएका थिए । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *