१ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)
31st January 2018
बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सहयोग गर्ने
31st January 2018
Show all

सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

काठमाडौं, माघ १७ – ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् । ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका थिए । उनको व्यापक खोजी भए पनि भेटिएका थिएन ।
तर, आज जोन तामाङ जंगलमा भेटिएको प्रहरीले जनाएको छ । ‘माथी जंगलमा जोन भेटियो भन्ने कुरा आएको छ, म त पुगेको छैन जे होस आफन्तहरुले भेटिएको किशोर जोन नै हो भनेका छन्’ सातदोवाटोका प्रहरी नायव उपरिक्षक विनोद सिलवालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘किशोर जिवितै भेटिएको छ भन्ने खबर साथीहरुले गरेका छन्, साँझ परेको र बाटो साँघुरो भएकाले जंगलबाट तल झर्न समय लागेको छ ।’
फुल्चोकीमा हिउँ परेपछि विद्यालयले ११ जना विद्यार्थीलाई हाइकिङ लगेकोमा कक्षा ६ मा पढ्ने जोन तामाङ भने हराएका थिए । प्रहरी, अभिभावक, प्याब्सन, एन प्याब्सनलगायतका संघ संस्थाले किशोरको खोजी गरेका थिए ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *