जग्गा अतिक्रमण गरेर निर्माण गरेका टहरा हटाउन निर्देशन
31st January 2018
सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए
31st January 2018
Show all

१ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)

काठमाडौं, माघ १७ – अहिले खग्रास चन्द्रग्रहण लागिरहेकाे छ ।  बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

[embedded content]
याे चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उहाँले भन्नुभयो । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *