दोस्रो चरणमा ६७ प्रतिशत मत खस्यो
7th December 2017
६७ प्रतिशत बढी मत खस्यो : आयोग
7th December 2017
Show all

८४ प्रतिशत मत खसेको सुस्ताबाट डुंगामा तारियो मतपेटिका

नवलपरासी, मंसिर २१ –नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधिसभा १ मा रहेको सुस्ता गाउंपालिकाको नारायणी नदी पारीको एउटा मतदान केन्द्रमा सबभन्दा बढी ८४ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुस्ताटोल मतदान केन्द्रमा २ सय ५० जनाले मतदान गरेका छन् ।
मतदानपछि मतपेटिका डुंगामा राखेर नदी तारिएको छ । मतदानका लागि खटिएका सबै कर्मचारीहरु पनि डुंगाबाट नै पुगेका छन् । केहीले आफू त पहिलो पटक सुस्ता पुगेको र पहिलो पटक नै डुंगा चढेको अनुभव सुनाए ।
नारायणी नदी पारी रहेको सुस्ता गाउँपालिकाको वडा नं. ५ को सुस्ता टोलमा रहेको मतदान केन्द्रमा कुल २ सय ९८ जना मतदाता रहेको मतदान अधिकृत आनन्द प्रसाद शर्माले जनाएका हुन ।
यसअघिको स्थानीय तहको मतदानमा समेत सक्रिय सहभागिता जनाएका सुस्तावासीहरु यस पटक पनि आफ्ना नेता चयन गर्न हौसिएका थिए ।
भौगोलिक रुपमा आवतजावतका लागि विकट रहेको सुस्तामा नारायणी नदी तर्न डुंगा नै आवतजावतको एकमात्र विकल्प हो ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *