SLC results on Thursday
15th June 2016
Bhume Naach celebration
15th June 2016
Show all

रोनाल्डो कीर्तिमान बनाउन चुके

सेन्ट इटेन– गोलकिपर हान्स हन्डरसनले उत्कृष्ट प्रदर्शन गरेपछि आइसल्यान्डले युरोपियन च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार राति पोर्चुगललाई १–१ को बराबरीमा रोक्न सफल भएको छ।

गोलकिपर हन्डरसनले उत्कृष्ट बचाउ गर्दै क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमान बनाउनबाट रोकेका थिए। रियाल मड्रिडका चर्चित खेलाडी रोनाल्डोले दसपटक पोस्टमा प्रहार गर्ने अवसर पाए तर, उनी गोल गर्न असफल भए। उनले निराशाजनक नतिजा आत्मसात गर्नुपर्योक। बराबरीमा चित्त बुझाएका रोनाल्डो चार युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमानबाट समेत चुकेका छन्। आइसल्यान्डको ढुकेर खेल्ने रणनीतिले पोर्चुगल निराश बन्यो र हन्डरसनले उत्कृष्ट खेल देखाए।

‘ज्यादै राम्रो अनुभव गरेँ । अंक प्राप्त गर्नका लागि हामीले विभिन्न विशेषता देखायौं,’ गोलकिपर हन्डरसनले भने, ‘हामीले विश्वकै उत्कृष्ट खेलाडी र साँच्चिकै राम्रो टिमसँग खेलिरहेका थियौं । बराबरी गरेपछि अन्तिम ३५ मिनेट ज्यादै लामो भयो ।’

खेलमा पोर्चुगलले २४ पटक गोल गर्ने अवसर पाएको थियो । जबकि आइसल्यान्डले पाएको चार अवसरमध्ये एक गोलमा परिणत ग¥यो । ३१ वर्षे रोनाल्डो पोर्चुगलका हस्ती लुइस फिगोले राष्ट्रिय टोलीबाट खेलेको १ सय २७ खेलसँग बराबरी गरेका छन् ।

दुवैको नाममा अहिले राष्ट्रिय टोलीबाट १ सय २७ खेल खेलेको कीर्तिमान बनेको छ । युरोअन्तर्गत समूह ‘एफ’ मा रहेको पोर्चुगल बराबरी नतिजाले दबाबमा परेको छ । पोर्चुगलले दोस्रो खेल अस्ट्रियासँग खेल्नेछ । अस्ट्रिया समूहको आफ्नो पहिलो खेलमा हंगेरीसँग २–० ले पराजित भइसकेको छ । तर, बराबरीमा रोकिएका स्टार रोनाल्डोलाई आइसल्यान्डसँगको बराबरीले टोलीको लक्ष्य पूरा गर्न सचेत गराएको छ ।

खेलमा नानीले सुरुआतमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा नानीले आन्द्रे गोमेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सेन्ट इटेनमासम्पन्न खेलमा आइसल्यान्डका मिहिनेती मिडफिल्डर बिर्किर बर्जरसनले गोल गर्दै खेल बराबरी गरे । उनले ५०औं मिनेटमा जोहान बर्ग गुडमुन्डासको क्रसमा गोल गरेका थिए ।

‘उत्कृष्ट खेल्नेका लागि हामी जस्तोसुकै गर्न तयार थियौं । त्यसले एकापसमा सहयोग र अवसर जुटाउन सहयोग पु¥यायो,’ बिर्किरले भने, ‘मैले हाम्रो अविस्मरणीय दर्शकलाई छुने अवसर पाएँ । यो नतिजापछि हामी ढुक्क हुने अवस्था छैन । तर यसबाट हामीले पाठ सिक्दै मैदानमा राम्रो गर्नेतर्फ लाग्नुपर्छ र हंगेरीविरुद्धखेलबारे सोच्नुपर्दछ ।’

Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *