ब्राजिली प्रशिक्षकमा टिटे
17th June 2016
पीडाबीच क्रोएसियाको लक्ष्य
17th June 2016
Show all

टर्कीलाई कप्तानको लय खाँचो

नाइस- युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह ‘डी’को दोस्रो खेलमा टर्कीले साबिक विजेता स्पेनलाई पराजित गर्ने हो भने बिहीबार कप्तान अर्दा तुरान लयमा फर्किनु आवश्यक छ। आइतबार क्रोएसियासँग १–० ले पराजित खेलमा तुरान ६५ औं मिनेटमा मैदान छाडेका थिए। प्रतियोगिताको पहिलो खेल नै हारेपछि टर्कीका खेलाडीको चर्को आलोचना भएको थियो।

बार्सिलोनाका मिडफिल्डर तुरानले निकै फितलो प्रदर्शन गरेका थिए। उनले क्रोएसियाका रक्षापंक्ति तोड्दै गोलका लागि अवसर सिर्जना गर्न सकेका थिएनन्। पछि आफूले राम्रो खेल्न नसकेको भन्दै उनले टर्किज समर्थकसँग माफी मागेका थिए।

प्रशिक्षक फतिह तेरिम पनि तुरान र हकन कलहानोग्लुको प्रदर्शनबाट सन्तुष्ट हुन सकेनन्।

‘यिनीहरू टोलीका महŒवपूर्ण खेलाडी हुन्,’ प्रशिक्षक तेरिमले भने, ‘उनीहरूको प्रदर्शनमा हामी निर्भर थियौं तर, उनीहरूले राम्रो खेल्न सकेनन्। कहिलेकाही यस्तो हुन्छ। हामीलाई उनीहरूको खाँचो छ।’

२१ वर्षको उमेरमा कप्तान बनेका तुरानको उत्कृष्ट प्रदर्शनमा टर्कीले २००८ को यरोमा सेमिफाइनलसम्मयात्रा तय गरेको थियो। प्राविधिक र रणनीतिक रूपमा उत्कृष्ट तुरान लयमा भएको बेला उनको उपस्थितिले नै टोलीको प्रदर्शनमा फरकपन देख्न सकिन्छ।

तथापि गत जुलाईमा एट्लेटिकोबाट बार्सिलोना गएपछि २९ वर्षे तुरानले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्।

प्रेरणादायी प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा तुरानले एट्लेटिको मड्रिडमा उत्कृष्ट सिजन बिताएका थिए। टर्कीमा जन्मिएर स्पेनिस ला लिगा जित्ने उनी पहिलो खेलाडी हुन्। एट्लेटिकोले २०१४ मा ला लिगा जितेको थियो।

बार्सिलोनाबाट खेल्ने सपना साँचेका तरानले क्याटलन क्लब खेलाडी स्थानान्तरण प्रतिबन्धमा परेको थाहा हुँदाहँुदै सम्झौताका लागि राजी भएको थिए। त्यसेले बार्सिलोनाबाट डेब्यु गर्न उनले ६ महिना कुर्नुपर्योह।

जनवरीबाट उनी खेल्न थालेपछि पनि बार्सिलोनाको शैलीसँग घुलमिल हुन तुरानलाई संघर्ष गर्नुपर्यो । उनले यस सिजन लिगका ९ खेलमात्र खेले भने अर्को ९ खेलमा बैकल्पिक खेलाडी भएर मैदान छिरे।

चेक गणतन्त्रविरुद्ध पहिलो खेलमा स्पेनले १–० को नतिजा निकालेको थियो। उक्त खेलमा साबिक विजेता स्पेनले चेकलाई पूरै समय दबाबमा राखेको थियो। टर्कीले जितका लागि स्पेनको त्यही बलियो मिडफिल्ड र रक्षापंक्ति तोड्नुपर्ने हुन्छ।

Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *