पीडाबीच क्रोएसियाको लक्ष्य
17th June 2016
Documentary 'Nepal is Safe for Tourism' prepared
17th June 2016
Show all

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

इङ्ल्यान्डका लागि वेल्सविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण थियो। प्रतियोगितामा अघि बढ्न यो खेलमा जित इङ्लिस टोलीको निर्विकल्प आवश्यकता थियो। इङ्ल्यान्ड र वेल्स दुवै संयुक्त अधिराज्य (बेलायत) का दुई राज्य हुन्। त्यसमा इङ्ल्यान्ड ठूल्दाइ हो भने वेल्स भाइ। फुटबलमा झन यो लागू हुन्छ। दुई टोलीबीचको इतिहास हेर्ने हो भने इङ्ल्यान्ड धेरै माथि छ। यसअघि १ सय २ पटक खेल्दा इङ्ल्यान्डले ६७ खेलमा जित हासिल गरेको थियो भने वेल्सले १४ खेलमात्र जित्न सकेको थियो।

यो खेल संयुक्त अधिराज्य ‘डर्बी’ भएकाले इङ्लिस टोलीसामु हार्न पाउने सुविधा थिएन। फुटबलमा ‘डर्बी’ खेल सधैँ कठिन हुने गर्छ, खासगरी दाबेदारका लागि। वेल्सविरुद्धको खेलमा इङ्ल्यान्ड प्रस्ट दाबेदार थियो। त्यसैले युरोपियन च्याम्पियनसिपमा भएको यो खेलमा प्राविधिक तथा अन्य पक्षलाई ‘डर्बी’ प्रतिद्वन्द्विता र इङ्ल्यान्डमाथिको दबाबबाट आएको मानसिक पक्षले प्रभावित गर्योा। त्यसका बाबजुद इङ्ल्यान्डले धेरै समयपछि बिहीबार असाधारण फुटबल खेल्यो। यो खेलमा इङ्ल्यान्डको गति निकै तीब्र थियो। सबै खेलाडीले एउटै गतिमा पूरा समय फुटबल खेल्न निकै गाह्रो हुन्छ।

इङ्ल्यान्डले गतिमा मात्र नभई बल पोसेसन, आक्रमण सबैमा विपक्षीलाई धेरै पछाडि छाडेको थियो। गारेथ बेलले वेल्सका लागि फ्रि–किकमा गोल गर्नु अघिसम्म इङ्ल्यान्डको खेल सबै पक्षमा सन्तुलित र प्रभावकारी थियो। तर, बेलले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो छविमाथि न्याय गर्दै उत्कृष्ट गोल गरेपछि केही समय इङ्ल्यान्ड धर्मराएजस्तो देखियो। बिहीबार दुवै टोलीबाट मैदान उत्रिएका खेलाडीमध्ये बेल सबैभन्दा उत्कृष्ट र ठूलो नामका खेलाडी हुन्। उनको प्रदर्शन पनि त्यहीअनुरुप थियो। वेल्सको टोली धेरै हदसम्म उनीमाथि निर्भर देखिन्थ्यो। वेल्सका सबै खेलाडीले आक्रमणका लागि बल बेलतिर फाल्ने गर्थे। बेलले त्यसको भरपूर उपयोग गर्ने प्रयास गरे। फुटबलमा व्यक्तिगत क्षमताले धेरै गर्न सकिन्न। जति गर्न सकिन्थ्यो, त्यो बेलले गरेका हुन्। इङ्ल्यान्डसँग बेलको उचाइका असाधारण खेलाडी कोही नभए पनि टोलीमा भएका सबै खेलाडी एक–से–एक भने थिए।

गोल खाएपछि इङ्ल्यान्डले गोल फर्काउन धेरै हतार गर्न थाल्यो। जसले गर्दा अधिकांस समय विपक्षीको पेनाल्टी बक्समा खेलेर पनि सही आक्रमण बुन्न सकेन। रोए हड्सनले ४–३–३ को रणनीतिमा टोली उतार्दा पनि वाइन रुनीजस्ता स्ट्राइकरलाई मिडफिल्डमा खेलाए। उनले फरवार्ड छरितो हुनुपर्ने भएकाले केन, भार्डे र अलीजस्ता खेलाडीलाई अगाडि खेलाएर रुनीलाई मिडफिल्डमा खेलाएको हुनुपर्छ। अझ दोस्रो हाफमा एडम लालानाको ठाउँमा मार्कुस रसफोर्डलाई छिराउँदा त मैदानभित्र इङ्ल्यान्डका पाँच स्ट्राइकर भएका थिए। हड्सनको त्यो कदमले झनै आक्रामक खेल्न खोजेको प्रस्ट भयो। उनले मिडफिल्ड नराखेर फरवार्डमात्र थप्दा टिम सन्तुलनमा भने ध्यान नदिएजस्तो भयो।

गोल गर्न मात्र हतार गरेर मिडफिल्डमा वेबास्था गरेका कारण इङ्ल्यान्डका लागि सबै पक्षमा हाबी भएको खेलको नतिजा निकाल्न पनि निकै संघर्ष गर्नुपर्योस। अत्यन्तै तीब्र गतिमा खेल्दा कहिलेकाहीं र्याकन्डम फुटबल खेलेजस्तो हुन्छ। इङ्ल्यान्डलाई पनि त्यस्तै भयो। गोलका लागि सही प्रकारले बिल्डअप गर्नमा टोली चुक्यो। गतिमा सबैले राम्रो खेले। स्किल पनि इङ्लिस खेलाडीको राम्रो थियो। तर एट्याकिङ जोन (विपक्षीको पेनाल्टी बक्स) मा र्याफन्डम खेल्दा गोल निस्किएन। गति धेरै भएकाले थुप्रैपटक इङ्लिस खेलाडीले बल नियन्त्रण गर्ने क्रममा विपक्षीले समय पाए। आधुनिक फुटबल भनेकै समय र ठाउँ (टाइम एन्ड स्पेस) को खेल हो। यस्तोमा विपक्षीले निमेषभरको समय पनि पायो भने मुभ बनाउन सकिन्न। इङ्ल्यान्डले तीब्र गतिका कारण खेल नियन्त्रणमा लिए पनि गोल गर्ने मामलामा भने यही कारण चुक्यो, टोलीले गतिलाई मुभसँग सही ढंगले तालमेल गर्न सकेन। मिडफिल्डलाई ध्यान नदिनुको पनि परिणाम हो यो। मिडफिल्डले आक्रमणको अवसर बुन्नुपर्नेमा स्ट्राइकरहरू र ओभरल्यापमा गएका काइल वाकर र ड्यानी रोजजस्ता रक्षकले दिएका पास र क्रसको ‘एकुरेसी’ भएन। धेरै आक्रमण भए पनि पोस्टमा हुन सकेनन्। एकपक्षीय खेलमा विपक्षीलाई दबाबमा राखे पनि प्रभावकारी रूपमा अप्ठेरो भने पार्न सकेन।

लगातारको आक्रमण प्रभावकारी नभए पनि इङ्ल्यान्डको जितको आधार पनि त्यही थियो।

बुधबार फ्रान्सले अल्बानियालाई हराउँदा पनि राम्रो मुभमा आक्रमण गर्न सकेको थिएन। तर, अन्तिम समयमा दुई गोल गर्न सफल भयो। स्पेनले पहिलो खेलमा चेक गणतन्त्रलाई हराउँदा पनि धेरै आक्रमण गरेको थियो। इङ्ल्यान्डले पनि त्यही गर्योो। यी खेलका नतिजाले फुटबलमा मिलाएर आक्रमण गर्न सके धेरै राम्रो, तर नमिले पनि लगातार आक्रमण गर्न सके गोल निस्किन्छ भन्ने प्रमाणित गरेका छन्।

वेल्स र इङ्ल्यान्ड दुवै टोलीमा बेलबाहेक अधिकांस प्रिमियर लिगका खेलाडी छन्। त्यसैले सबै खेलाडी एक–अर्काको राम्रो र नराम्रो दुवै पक्षसँग राम्ररी परिचित हुन्छन्। त्यसले पनि इङ्ल्यान्डलाई नतिजा निकाल्न गाह्रो भयो। बिहीबारको खेलमा रेफ्रीका निर्णय पनि सही भएन। वेल्सका खेलाडीको दुईपटक ह्यान्ड हुँदा पनि रेफ्रीले पेनाल्टी दिएनन्। मेरो विचारमा दुईमध्ये एकमा त इङ्ल्यान्डलाई पेनाल्टी दिइनैपर्नै थियो। रेफ्रीको काम सबैभन्दा चुनौतीपूर्ण र अवजसे हुन्छ। तत्काल निर्णय लिनुपर्दा मानिसबाट गल्ती स्वाभाविक हो। तर, युरोपियन च्याम्पियनसिप जस्तो उच्च वरीयताको प्रतियोगितामा रेफ्रीबाट यस्ता गल्ती अपेक्षा गरिन्न। रेफ्रीको निर्णय सही भएको भए इङ्ल्यान्डले धेरै संघर्ष गर्नु नपर्न सक्थ्यो।

हड्सनले मध्यान्तरमा एकैपटक ह्यारी केनको ठाउँमा जेमी भार्डे र रहिम स्टर्लिङको ठाउँमा ड्यानियल स्टुरिजलाई मैदान छिराउने जोखिमपूर्ण निर्णय गरेका थिए। एकैपटक दुई खेलाडी परिवर्तन गरेर उनले उठाएको जोखिम सफल भयो। यो जितले प्रतियोगितामा अघि बढ्नका साथै मानसिक रूपमा पनि इङल्यान्डलाई ठूलो राहत मिलेको छ। बुधबार स्लोभाकियाले रुसलाई हराएको अवस्थामा इङ्ल्यान्डको जितले समूहबाट नकआउट चरण प्रवेश गर्ने होड थप खुला भएको छ। तर, इङ्ल्यान्ड सबैभन्दा सुरक्षित अवस्थामा छ।

Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *