Who was David Poisson, French World Cup alpine ski racer who died in training accident crash?
13th November 2017
Hull City's Seb Larsson set for the World Cup finals after helping Sweden to stun Italy
13th November 2017
Show all

पुनर्निर्माणको प्रगति अनुगमन र सहजीकरण गर्न चार कार्यकारी सदस्यलाई जिम्मेवारी

काठमाडौं, कात्तिक २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाको पुनर्निर्माण कार्य अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यलाई जिम्मेवारी दिएको छ । 
प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरु डा. चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, डा. हरिराम पराजुली र डा. विष्णु बहादुर भण्डारीलाई  भूकम्प प्रभावित ३१ जिल्लामा हुने र भैरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी दिनुभएको हो । 
कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ । 
यसैगरी कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाण्डौ, कास्की, लमजुङ, तनँहु , स्याङजा र अर्का कार्यकारी सदस्य डा. बिष्णु बहादुर भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको छ । 
यस्तै कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने गरि जिम्मेवारी तोकिएको छ ।  
प्राधिकरणको कार्यलाई थप तीव्रता दिई कार्य समितिबाट भएका पूर्व निर्णयलाई तोकिएकै समयमा कार्य सम्पन्न गर्न÷गराउन लागि भूकम्प प्रभावित ३१ जिल्लामा हुने र भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण, पुर्वाधार निर्माण, जिविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पदान, सीप विकास लगायतका कामहरुको कार्यान्वयन तथा निरन्तर अनुगमन गरी कार्यक्षेत्रको जिल्ला र त्यसभित्र पर्ने  नगरपालिका, गाँउपालिका तथा वडामा भइरहेको समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गरि प्रतिवेदन पेश गर्न भनिएको छ । 
प्रमुख कार्यकारी अधिकृत भूसालले भूकम्प प्रभावित जिल्लामा समग्र पुनर्निर्माणको अनुगमन र त्यस क्रममा देखिएका समस्याहरु यथास्थानमै  सहजीकरण गरी समाधान गर्ने/गराउने तथा प्रगति हुन नसकिरहेको खण्डमा प्राधिकरणमा छलफलका लागि प्रतिवेदन समेत पेश गर्ने गरी जिम्मेवारी दिएकाले  पुनर्निर्माणको गतिलाई थप तीव्रता दिने बताउनुभयो ।

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *